
काठमाडौं । फोनने पेमेन्ट सर्भिसले चैत ३० गते न्यु इयर इभका दिन फोनपेमार्फत् भुक्तानी गर्ने ग्राहक र व्यवसायीका लागि विशेष अफर ल्याएको छ । अफरअन्तर्गत न्यु इयर इभका दिन फोनपेमार्फत् कारोबार गर्ने १० ग्राहक र १० जना मर्चेन्ट व्यवसायी गरी २० जनाले हेलिकप्टरमार्फत् विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउनेछन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेस्ट भ्युमा ब्रेकफास्ट गर्ने अवसर प्राप्त हुनेछ ।
कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहित गर्न यस्तो अफर ल्याएको जनाएको छ । योजनामा २९ गते राती १२ बजेदेखि ३० राती १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोलाप्रथामार्फत् घोषणा गरिनेछ ।
सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन् । एनआइसी एसिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपेमार्फत् क्युआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने बताइएको छ ।
त्यस्तै, भोजडिल, फुडमान्डु, सेल्सबेरी, डेलिग्रोसरी, खानपिनलगायतमा क्युआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त सकिने पनि कम्पनीले जनाएको छ ।