२०८१ मंसिर २२ शनिबार

काठमाडौं । शाओमीले रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५ जी नेपाली बजारमा ल्याएको छ । हरेक वर्ष एकसे एक नयाँँ प्रविधि र फिचर भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित नयाँ फोन बजारमा ल्याएको जनाएको छ ।

फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागसिप फोनको उपलब्धतालाई झनै सहज बनाएको कम्पनीको भनाइ छ ।

१०८ एमपीको प्राइमरी सेन्सर भएको फोनमा जीवन्त र हाई रेजोलुसनका तस्बिरहरू लिन सकिने बताइएको छ । साथै ८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुका साथै २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ ।

२ एमपी डेप्थले पोर्टेट फोटोहरूमा नेचुरल इफेक्ट दिन्छ । अगाडिको १६ एमपीको क्यामेराले क्लियर र नेचुरल सेल्फी लिन सकिने बताइएको छ । रेडमी नोट ११ एस जिबी प्लस १२८ जिबीको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ, ८ जिबी प्लस १२८ को ३१ हजार नौ सय ९९ रुपैयाँ, रेडमी नोट ११ प्रो ५ जी ६ जिबी प्लस १२८ जिबीको ३६ हजार नौ सय ९९ रुपैयाँ र ८ जिबी प्लस १२८ जिबीको मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय