२०८१ माघ ११ शुक्रबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहिद स्मारक बि डिभीजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैँया प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ ।

उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरे ।

खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरुको खेल तयारी र आवश्यक खेल समाग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरुमा सहभागिता जनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय