२०८१ माघ ८ मंगलवार

सनराइज बैंक डुम्रे शाखाले गोरखा पालुङ्टार वडा नं. ७ बिरुवाटारमा आफ्नो ८९ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकिङ पहुँचबाट टाढा रहेको समुदायलाई आर्थिक कारोबार गर्न सहज होस् भन्ने उदेश्यले शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

शाखाको शुभारम्भ गर्दै प्रमुख अतिथि सोही वडाका अध्यक्ष वसन्त कुमार श्रेष्ठ यस ठाउँमा सनराईज बैंकले आफ्नो सेवा विस्तार गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । समारोहमा बैंकका कर्मचारी युवराज गौतमले समग्रमा बैंकले आफ्नो ग्राहकहरुलाई दिँदै आएको सेवा सुविधाको बारेमा प्रष्ट्याउनुभएको थियो ।

बैंकको सेवा सुविधाको बारेमा जानकारी दिँदै कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका बैंकका शाखा प्रबन्धक सन्तोष राज वाग्लेले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै शाखाले सेवासुविधा दिन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय