
काठमाडौं । हिरो मोटोकर्पले नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादन बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी सार्वजनिक गरेको छ । हिरोको नेपालका लागि आधिकारिक बिक्रेता एनजीएम हिरोले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
त्यसमध्ये कम्पनीले एडभेन्चर मोटरसाइकल एक्सपल्स–२०० ४–भी नेपाली बजारमा सार्वजनिक गरेको हो । २०० सीसी क्षमता भएको यो बाइकको इन्जिन क्षमता निकै शक्तिशाली भएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीले उक्त बाइकको बजार मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । नयाँ एडभेन्चर बाइकको बाहिरी आवरण, इन्जिन क्षमता, कुलिङ सिस्टम, सिट डिजाइन र हेडल्याम्पमा परिवर्तन गरेको छ ।
यस्तै कम्पनीले अर्को ग्ल्यामर एक्सटेक पनि सार्वजनिक गरेको छ । यसको मूल्य नेपाली बजारमा २ लाख ७६ हजार रुपैयाँ रहेको छ । त्यस्तै स्कुटर मेइस्ट्रो इज १२५ पनि सार्वजनिक गरेको छ । यसको बजार मूल्य २ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
हीरो मोटोकर्पका ग्लोबल विजनेस प्रमुख संजय भानले नेपाल एसियाकै एउटा महत्वपूर्ण बजार भएको र निरन्तर रुपमा आफ्ना उत्पादन र सेवालाई प्रबर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन ।
बीएस– छैठौं उत्पादनको शुरुवातले नेपाली ग्राहकलाई अत्याधुनिक प्रबिधि तथा विशेषता सहितको सबैभन्खा सान्दर्भिक उत्पादनहरु प्रदान गर्ने उनको भनाई थियो ।