२०८१ चैत्र ५ मंगलवार

राष्ट्रिय सहकारी महासंघले ‘राष्ट्रिय सहकारी पुरस्कार–२०७८’ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मानित गर्ने भएको छ । महासंघले ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरमा आयोजना गरेको बिशेष कार्यक्रममा गत वर्षबाट सुरु गरेको उक्त पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने सार्वजनिक गरेको हो ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सल्लाहकार बरिष्ठ अभियन्ता घिमिरे सहकारी अभियानमा सुपरिचित नाम हो । स्थापनाकालदेखि नै सञ्चालक समितिमा रहेर काम गर्नुभएका घिमिरे महासंघका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने उहाँ जिल्ला सहकारी संघ लि. ललितपुरको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । आज घोषित पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय