२०८१ मंसिर २२ शनिबार

काठमाडौं । भारतबाट बिजुली किन्नका लागि नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धा गर्न नसक्दा गत मंगलबार रातिदेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगीले बताएका छन् । भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ ।

उद्योगी– व्यवसायीहरुका अनुसार गत मंगलबार ४ घण्टा विजुली कटौती भएको थियो । तर त्यसपछि विजुली कटौती बढ्दै गएको छ । आइतबार राति १२ घण्टासम्म विजुली कटौती भोगेका व्यवसायीले सोमबार भने अपरान्ह ४ बजेदेखि मंगलबार विहान ६ बजेसम्म विजुली पाएनन् । नियमित विद्युत दिन नसक्ने भए सरकारले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने व्यवसायीले बताएका छन् ।

तत्काल विद्युत आपूर्ति नियमित नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न बााध्य हुने उद्योगीले चेतावनी दिएका छन् । रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको थियो ।

गत बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको तर यसको समाधान गर्ने बताएका थिए । तर विजुली कटौती क्रम बढेपछि उद्योगी– व्यवसायीहरु आक्रोशित बनेका छन् । घन्टौंसम्म विद्युत् लाइन काटिँदा सबै उद्योगहरू धरासयी हुने अवस्था आएको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय