२०८१ पुष २९ सोमबार

काठमाडौं । पछिल्लो समय खाद्यान्नमात्रै नभएर दैनिक प्रयोग हुने सम्पूर्ण वस्तुको अत्याधिक मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिको प्रमुख कारण युक्रेन र रुसकोबीचको युद्धसँगै भएको पेट्रोलियम पदार्थ र तेलको मूल्यवृद्धिलाई दोष दिइएको छ । वास्तवमा भन्ने हो, दुई वर्षअघि २०७६ साल चैत्र ११ गतेको दिन नेपालमा कोरोनाका कारण भएको लकडाउन मुख्य समस्या हो ।

यो समयमा मानवीय स्वास्थ्यमा जति असर गरेको छ त्यति नै उपभोक्ताको बजेटमा पनि मार परेको छ । नेपालभर आर्थिक गतिविधि ठप्प भएसँगै विक्रि वितरणमा भएको समस्याले अधिकांश वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको छ । पछिल्लो समय दोष पेट्रोलियम पदार्थको मुल्यवृद्धि, रुस र युक्रेनको द्धन्द देखिएको छ ।

कच्चा पदार्थको आपूर्ति कम भएसँगै उत्पादन कम भएपनि माग भने यथावतै रह्यो । जसले गर्दा अधिकांश वस्तुको मूल्य सामान्यतया २० देखि ५० प्रतिशतसम्म बढ्न पुग्यो ।

बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै खाद्यान्न, निर्माण सामग्रीको मूल्य उच्च रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमै अधिकांश वस्तु तथा कच्चा पदार्थको मूल्यवृद्धिले गर्दा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । केन्द्रीय तत्थ्यांक विभागका अनुसार मासिक खर्च १० हजार खाद्यान्नमा हुन्थ्यो भने अहिले १५ हजार रुपैयाले पनि नपुग्ने अवस्था सिर्जना भएको छ ।

खाने तेल १ हजार २ सय ५० रुपैयाँदेखि १ हजार ३ सय रुपैयाँमा खरिद गर्न सकिन्थ्यो भने अहिले २ हजार ६ सय रुपैयाँ खर्चिनुपर्छ । मूल्य प्रतिलिटर १ सय ५० रुपपैयाँदेखि १ सय ६० रुपैयाँमा बिक्री हुँदै आएको थियो । तर, पछिल्लो अवधिमा उक्त तेलको मूल्य अहिले २ सय ८० रुपैयाँदेखि २ सय ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

तेल उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुवाट आयात गर्नुपर्छ । मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गरेको छ ।

तर नेपालमा तेलसँगै तरकारी, लत्ता कपडा, घरायसी तथा बाह्य वस्तुको मूल्य निर्धारण गर्दा पनि नयाँ मूल्यले सबैलाई असर पारेको छ । सबैको घरमा आवश्यक प्रत्येक दिनका लागि तरकारीको मारमा सर्वसाधारणदेखि सबै परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर