२०८१ फाल्गुन १ बिहीबार

काठमाण्डौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायीत्व र समावेशी विकासका लागि लागि १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ । नेपालको वित्तिय क्षेत्रका कमी कमजोरीहरुलाई सुधारी वित्तिय क्षेत्रलाई थप समावेशी एवं बलियो बनाउनको लागि विश्व बैंकले उक्त (१५ करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउने जनाएको छ ।

नेपालको वित्तिय क्षेत्रको स्थायीत्व सुदृढ गर्न, वित्तिय समस्याका समाधानहरुमा विविधता ल्याउन र वित्तिय सेवा–सुविधाहरुमा सहजताका साथै पहुँच बढाउन “फाइनान्स फर ग्रोथ” नामक विकास योजना अन्तर्गत विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर प्रदान गरेको छ ।

“विकासका लागि वित्त” योजनाले वित्तिय क्षेत्र सुदृढ गरी, समावेशीता बढाइ गरिबीको रेखामा रहेका तथा उत्पीडनमा परेका मानिसहरु सम्म वित्तिय पहुँच पु¥याइ, नेपालको वित्तिय स्वस्थ र बलियो बनाउने विश्व बैंकका माल्दीभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद–र्जभोसले जानकारी दिएका छन् ।

यस योजनाले नेपालको बैंकिङ क्षेत्रको सुपरीवेक्षण गरी कोभिड–१९ संक्रमणका कारण उत्पन्न बैंकिङ समस्याहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बारेमा काम गर्ने छ । यस योजनाले थप बीमा कम्पनी, क्यापिटल लगायतका जोखिम कम गर्ने कम्पनीहरुको स्थापना गरी वित्तिय क्षेत्रमा परिवर्तन ल्याउन सहयोग गर्ने छ ।

यस परियोजनाले नेपाल सरकारले अघि सारेको वित्तीय क्षेत्र सुधार तथा रुपान्तरणको एजेन्डालाई समर्थन गर्दै जलवायु सम्बन्धी जोखिमहरू विरुद्ध वित्तीय क्षेत्रलाई लचिलो बनाई वित्तिय क्षेत्रमा थप स्थिरता कायम गर्ने परियोजनाका लागि विश्व बैंक टास्क समूह प्रमुख पिटर मौस्लीले बताए । यस योजनाले वित्तिय क्षेत्रलाई कम बैंक केन्द्रित बनाउन, निजी लगानीलाई परिचालन गर्न र थप समावेशी वित्तीय क्षेत्रको बलियो जग बसाउन पनि सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय