काठमाडौं । फोनपे पेमेन्ट सर्भिसको ‘झट्ट ट्रान्सफर चट्ट कार’योजना अन्तर्गत मोरङका कमल चुडालले कार जितेका छन् ।
फोनपेले दोस्रो पटक उक्त योजना सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्षको योजनामा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन कार जितेका थिए ।
यस वर्षको बम्पर उपहारमा चुडालले हुण्डाइको स्याण्ट्रो एस एक्जुकेटिभ कार जितेका हुन् । उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जिल्न सफल भएका हुन् ।
उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटाले उक्त गाडीको साँचो हस्तान्तरण गरेका हुन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् ।
फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वितीय संस्थाका मोबाईल एप्सबाट सिधै फोनपेमार्फत रकम पठाउन सकिन्छ । फोनपे पेमेन्ट सर्भिसबाट ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।
फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढी मर्चेन्ट छन् भने एक करोड ४० लाखभन्दा बढी प्रयोग गर्ता छन् ।