काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने ऋण १७ अर्ब रुपैयाँले बिस्तार भएको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुनको २७ देखि ३० गतेको बीचमा निक्षेप ७ अर्बले बढ्दा ऋण ३ अर्ब रुपैयाँले मात्र बढेको छ। अहिले बैंकहरुसँग कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।
फागुन महिनामा १० बैंकको निक्षेप घटेको छ। नबिल, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइमलगायत बैंकको निक्षेप घटेको छ। माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआइसी एसिया बैंकको बढेको छ।
यो अवधिमा ऋणमा भने राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंक अगाडि छन्। राष्ट्रिय वाणिज्य बैंकले ७ अर्बले ऋण बढाएको छ। १० वटा बैंकको ऋण० घटेको छ। माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन लगायतका बैंकले ऋण घटाएका छन्।