२०८१ मंसिर २२ शनिबार

काठमाडौं । कोभिड संक्रमण नियन्त्रणमा आएसँगै खुम्बु क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। पछिल्लो एक साता यता यो क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्दा वायुसेवा कम्पनीहरुको उडान पनि अफ सिजनको भन्दा १० गुणाले बढेको लुक्ला विमानस्थलका प्रमुख द्वारिका अछामीले बताए।

पछिल्लो समय यो क्षेत्रमा दैनिक करिब दुई सयजना विदेशी पर्यटकको आवगमन हुन थालेको उनले जानकारी दिए। यसैले, अहिले दिनमै फिक्स्ड विङ्स (हवाईजहाज) र रोटर विङ्स (हेलिकोप्टर) गरी ३० वटा उडान हुन थालेको उनले बताए।

दुईतर्फी उडान अकुपेन्सी नै उत्साहजनक रहेको बताउँदै उनले भने, ‘अहिले विदेशी पर्यटकको चहलहल उल्लेख्य रुपमा वृद्धि भइरहेको छ। काठमाडौंबाट आएको जहाज र हेलिकोप्टरको उडान दिनमा ३० वटाभन्दा बढी भइरहेको छ। शनिबार र आइतबार योभन्दा बढी फ्लाइट मुभमेन्ट भइरहेको अवस्था छ।’

नेपाल वायुसेवा निगमको भने एउटै पनि नियमित उडान नरहेका कारण स्थानीयलाई सेवा लिनै गाह्रो हुँदै आएको उनले जानकारी दिए। उनका अनुसार यतिखेर निगमो उक्त शाखामा एक जना स्थानीय कर्मचारी मात्र छन्।

यो क्षेत्रमा फिक्स्ड विङ्सअन्तर्गत तारा, सीता र समिट एयरले उडान गर्दै आएका छन्। यस्तै, सिम्रिक, एयर डाइनेष्टी, कैलाश, अल्टिच्युड, प्रभु, मुस्ताङ, हेलि एभरेष्ट, मनाङ, माउन्टेन, श्री लगायतका हेलिकोप्टर कम्पनीले पनि हवाई सेवा दिँदै आएका छन्।

यसअघि अफ सिजनमा रोटर र फिक्स्ड विङ्सले बढीमा दिनमा तीन-तीनवटा उडान गर्दै आएको विमानस्थल प्रमुख अछामीको भनाइ छ।

यही गतिमा यात्रु चाप वृद्धि भएको अवस्थामा पार्किङको समस्या आउन सक्नेसम्म उनको आकलन छ। त्यो समस्या आउन नदिने भर्खरै निर्माण सकिएको नयाँ पार्किङ प्रयोगमा ल्याउने योजना रहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय