काठमाडौं । सिटिजन्स बैंकले १५ औँ वार्षिकोत्सवका अवसरमा आकर्षक योजना ल्याएको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर एक महिनाअघि नै विभिन्न छुट योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याकलगायत रहेका छन् । डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले अनलाइनमार्पmत् एक हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ दुई सय रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।
त्यस्तै पहिलोपटक क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकका लागि एक सयको क्यासब्याक प्रदान गरिने, डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डलाई प्रोत्साहित गर्र्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इकम कार्ड लिन चाहने ग्राहकलाई कार्ड निःशुल्करूपमा उपलब्ध गराउने भएको छ ।
त्यस्तै पाँच लाखसम्मको दुर्घटना मृत्यु बिमा तथा ५० हजारसम्मको स्वास्थ्य बिमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने सुविधासमेत रहेको छ ।