
काठमाडौं । महालक्ष्मी विकास बैंकको दरवारमार्ग शाखाले नक्साल काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागी ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासकालागी खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको कुरा दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए ।
यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।