काठमाडौं । एलआइसी नेपालले पोखरा प्रदेश अन्तर्गत १६ वटा शाखाका १२९ जना अभिकर्तालाई सम्मान गरी प्रशिक्षण दिएको छ । तालिममा सहभागी अभिकर्ताहरुलाई अन्तराष्ट्रिय लेभलका प्रशिक्षक सैयद अब्जल अहमदले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका १६ वटा शाखा कार्यालयबाट सबैभन्दा धेरै व्यवसाय ल्याउने अभिकर्तालाई सम्मान गरेको हो ।
गण्डकी प्रदेशका १६ वटा शाखा कार्यालयहरुबाट सबैभन्दा धेरै व्यवसाय ल्याउने अभिकर्तामध्ये पहिलो अभिकर्ता प्रभा ज्ञवाली रहेकी छिन् । त्यस्तै, दोस्रोमा नैन बहादुर क्षेत्री रहेका छन् । उनीहरुलाई कम्पनीका डिसिइओ टुनटुन बुर्णवालले सम्मान गरेका हुन् ।