काठमाडौ । माउण्टेन ड्युले पेय पदार्थले ब्राण्ड सद्भावनादूत अनूप बिक्रम शाहीको साथमा नयाँ जोशिलो विज्ञापन सार्वजनिक गरेको छ । रोमाञ्चकतालाई थप उचाईमा पुयाउँदै विज्ञापनको छायाँकन दुबई स्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको हो ।
विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडी बढ्ने भन्ने २ विकल्पलाई देखाएर माउण्टेन ड्युको विश्वासको पुनरावृत्ती गरिएको छ । डरको अगाडी जीत छ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको शुरु बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सुक्ष्म दृष्टिबाट हुने र जहाँ अनूपले विश्व रेकर्ड कायम गर्न दर्शकका सामून्ने डरलाग्दो स्टन्ट दिंदै गरेका हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्को नयाँ विज्ञापन सबै टिभि च्यानल, डिजिटल, आउटडोर, र सामाजिक सञ्जालमा प्रदर्शन गरिने पनि जनाइएको छ ।