२०८१ माघ ११ शुक्रबार

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ सम्म बढाइएको छ ।

कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाईं दिने सोच बनाएका ग्राहकहरूका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर आकर्षक अफरसहितको ‘टाटा मोटर्सको धमाका’ नामक योजना ल्याएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरूले पहिले कहिल्यै नपाएको सुविधाहरू प्राप्त गर्ने दाबी कम्पनीले गरेको छ ।

माघ १८ देखि लागू भएको यो योजना फागुन १६ सम्मका लागि सार्वजनिक गरिएको थियो । तर ग्राहकहरूको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जिएम अनुपमणि ढकालले जनाए ।

अफरअन्तर्गत नगद खरिदमा विशेष छुट र क्यास ब्याक अफर रहेको छ । त्यसैगरी नगद खरिदमा विशेष छुटसहित एएमसिको सुविधा पनि रहेको छ । नगद खरिदमा ३ सरल किस्ताको सुविधा पनि दिइएको छ ।

आकर्षक अफरसहित एक्सचेन्जको सुविधा पनि दिइएको छ । तीन ईएमआईसम्म छुटको सुविधा पनि राखिएको छ । पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाखसम्मको छुट पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय