२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । पछिल्लो समय शेयरबजारमा आम नागरिकले चासो देखाउन थालेका छन् । केहि वर्ष पहिले तोकिएको समयमा शेयर विक्री हुँदैन्थ्यो । लगानीकर्ता भेटिन मुस्किल थियो । अझ शेयर बजारको बारेमा चर्चा नै थिएन भन्दा पनि फरक पर्दैन ।

तर अहिले अबस्था त्यस्तो छैन । शेयरबजार आम नागरिकलाई लगानीकर्तामा बदल्ने थलो बनिरहेको छ । लगानीकर्ता संख्याका हिसाबले उत्साहजनक बाटोमा छ । पहिले कम्पनीहरूले सर्वसाधारणका लागि जारी गरेको शेयर (आईपीओ) बिक्री हुँदा हैरानी ब्यहोर्थे । तोकिएको समयमा शेयर बिक्री नभएपनि समय थप्नुपर्थ्यो ।

पछिल्लो समय धितोपत्र अर्थात् शेयरबजारमा आम सर्वसाधारणहरूको आकर्षण बढ्दो छ । यतिसम्म कि, अहिले कुनै कम्पनीले १ हजार रुपैयाँ बराबर सय कित्ताका लागि आईपीओे जारी गर्दा मागभन्दा ६० गुणा बढी अर्थात् ६ हजार कित्ताभन्दा बढी ओभर सब्क्राइब (बढी आवेदन) पर्ने अवस्था छ ।

पछिल्लो पटक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ यो प्रवृत्तिको उदाहरण हो । चालु आर्थिक वर्ष २०७८/७९ लागेसँगै सर्वसाधारणका लागि आईपीओ जारी गरेका केही कम्पनीहरूको शेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताहरूको तीव्र आकर्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर