२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । २६ वटा कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख रूपैयाँको साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेयर निष्कासनको पाइपलाइनमा रहेका कम्पनीमा २० वटा जलविद्युत् कम्पनी रहेका छन् । बाँकी रहेका कम्पनीमा २ वटा बिमा, २ वटा माइक्रोफाइनान्स कम्पनी छन् ।

पाइपलाइनमा रहेका २६ वटा कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियममा १ सय १२ रूपैयाँ थपेर २ सय १२ रूपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । तर, उक्त कम्पनीलाई बोर्डले अनुमति नदिएका कारण सेयर निस्कासन हुन सकेको छैन ।

आईपीओ निष्कासनको तयारीमा रहेका अन्य कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी डिस मिडिया नेटवर्क, उपकार लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त कम्पनी रहेका छन ।

बोर्डको पाइपलाइनमा बिगत दुई वर्षभन्दा लामो समयदेखि पनि केही कम्पनी रहेका छन् । हिमालयन पावर कम्पनीले २०७६ कात्तिक २७ गते आईपीओ निष्कासन गर्ने भन्दै बोर्डमा पुगेको थियो ।

२०७६ सालको १ माघमा विन्द्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी बोर्डको पुगेको थियो । दुई वर्ष पूरा हुँदा पनि कम्पनीले आईपीओ निष्कासन गरेको छैन । अझै पनि पाइपलाइनमै छ । यसैगरी, आईपीओ निष्कासन गर्न भन्दै २०७७ सालको ३० असारमा बोर्डमा पुगेको डिसहोम मिडिया नेटवर्कले पनि अझैसम्म आईपीओ निष्कासन गरेको छैन ।

बोर्डको पाइपलाइनमा मैलुङ हाइड्रोपावर कम्पनी, थ्रिस्टार हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, सु्परमाइ हाइड्रोपावर, सान्जेन जलविद्युत् कम्पनी (स्थानीय), इन्स्टर्न हाइड्रोपावर, एसियन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर (स्थानीय), पिपुल्स पावर, मन्दाकिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीलगायतको आईपीओ बोर्डको पाइपलाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय