२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले न्युनतम बीमा शुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने सोचसहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्ने दृष्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ ।

१८ वर्षको उमेर समुहले १ करोडको बीमाङ्कमा वार्षिक १४ हजार ५५० सय वा मासिक १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आयश्रोतको आधारमा जति पनि गर्न सकिनेछ ।जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यस योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ ।

१ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वाबार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय