२०८१ मंसिर २३ आईतवार

काठमाडौं । कृषि बिमा कार्यक्रम किसानको पहुँच र सहभागिता अझै बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म बिमांक रकम नौ अर्ब २७ करोड, बिमा शुल्क ४१ करोड ३७ लाख, अनुदान २४ करोड ५२ लाख, बिमालेख संख्या ३६ हजार एक सय, दाबी भुक्तानी संख्या ३७, दाबी भुक्तानी रकम ३४ लाख, ४५ हजार रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।

आव २०७७/०७८ मा पशु तथा कृषि बिमामा बिमांक रकम ४३ अर्ब ३० करोड, बिमा शुल्क एक अर्ब ९३ करोड, अनुदान एक अर्ब ४५ करोड, बिमालेख संख्या एक लाख ९३ हजार, दाबी भुक्तानी संख्या २१ हजार छ सय, दाबी भुक्तानी रकम ६४ करोड ९३ लाख रहेको थियो ।

बाली बिमातर्फ बिमांक रकम दुई अर्ब ९१ करोड, बिमा शुल्क १५ करोड ३८ लाख, अनुदान ११ करोड ५३ लाख, बिमालेख संख्या पाँच हजार दुई सय, दाबी भुक्तानी संख्या १९ सय २३, दाबी भुक्तानी रकम १० करोड ४० लाख रहेको छ भने पशु बिमातर्फ बिमांक रकम ४० अर्ब ३९ करोड, बिमा शुल्क एक अर्ब ६७ करोड, अनुदान एक अर्ब ३३ करोड, बिमालेख संख्या एक लाख ८८ हजार, दाबी भुक्तानी संख्या ११ हजार सात, दाबी भुक्तानी रकम ५४ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बाली बिमा गर्न एकदमै चुनौती रहेको बताउनुभयो । अधिकांश किसान बाली बिमाबारे अनविज्ञ रहेको उहाँको भनाइ थियो ।

बिमा कम्पनीहरूको नियामक बिमा समितिले २०६९ देखि किसानलाई लक्षित गरेर कृषि बिमा कार्याक्रम सुरु गरेको थियो । तर, समितिको निर्देशनअनुसार बिमा कम्पनीहरू ग्रामीण भेगका कृषकसम्म पुग्न सकेका छैनन् । कुल प्रिमियममा २० प्रतिशतमात्र किसानले र बाँकी ८० प्रतिशत मन्त्रालयअन्तर्गत बिमा समितिमार्फत् बिमा कम्पनीले भुक्तानी पाउने व्यवस्था छ ।

सरकारले बाली तथा पशुपन्छी बिमाअन्तर्गत तरकारी फलफूल, मत्स्यपालन, मौरीपालन, रेशमखेती, केराखेती, च्याउखेती, तरकारीखेती, केरा, धानखेती, अलैंचीखेती, माछापालन र उखुखेती कृषकलाई बिमा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय