काठमाडौं । एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का नियुक्त भएका छन । करिब २ वर्षअघि उक्त बैंकमा प्रमुख बजार प्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका खड्का सेन्चुरी छोडेर एनआईसी एसियामा आएका हुन ।
खड्कासँग बैंकिङ क्षेत्रको २५ वर्ष अनुभव रहेको छ । करिब २२ वर्ष एभरेस्ट बैंकमा उनले बिताएका थिए । त्यहाँ करिब २ वर्ष बिताएपछि उनी २०७६ माघमा एनआईसी एसिया बैंकमा सहायक महाप्रबन्धकका रुपमा नियुक्त भएका हुन् ।