२०८१ माघ ८ मंगलवार

काठमाडौं । बहुप्रतिक्षित फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुला गरिएको छ । भारतको बजारमा अत्यधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाइपछि फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गुर्खा नेपाली बजारमा ल्याएको हो ।

खासगरी अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकका लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गेयरबक्स र एक्सल जडान गरिएको छ ।

फोर्स गुर्खामा पावरफुल फोर हिृवल ड्राइभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुवै एक्सलमा), ३५ डिग्री ग्रेडिएबिलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकाले जस्तोसुकै सडकमा पनि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

फोर्स गुर्खामा स्नोरकल भएकाले सात सय एमएम पानी भएको ठाउँमा पनि सहजरूपमा चलाउन सकिने बताइएको छ । जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर ब्याग, एबिएस, इडिबी ब्रेक र रिभर्स पार्किङ सेन्सरजस्ता फिचर्स रहेका छन् ।

थ्रिडोर डिजाइन र चार सिट क्षमता भएको जिपमा सहज इन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस र ग्याङ्वे रहेको छ । जिपको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय