नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । यस यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको छ ।
पाँच पटकसम्म Bankof theYear तथा Euro Money Award बाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकहरुमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले रक्तदान, वृद्धाश्रम÷बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा” को विमोचन कार्यक्रमहरु सञ्चालन गरेका छन् ।
यसका साथै ग्राहक वर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षासहित बैंकले “निक्षेपरकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत सञ्चालनमा ल्याएको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकले नियामक निकाय, वर्तमान तथा पूर्वसञ्चालक समितिका सदस्यहरु तथा शेयरधनीहरु र ग्राहकप्रति आभार व्यक्त गर्दै ग्राहकहरुको हितलाई मध्यनजर गर्दै समयसापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।