
काठमाडौं । वाणिज्य बैंकहरुले जलविद्युत तथा उर्जामा तोकिएको ऋण सीमा पुर्याउन सकेका छैनन् । राष्ट्र बैंकले कृषि क्षेत्रमा बैंकहरुले १५ प्रतिशत ऋण पुर्याउनुपर्ने ब्यवस्था गरेको छ ।
त्यसअनुसार २०७८ असारमै ११ प्रतिशत पुर्याउनु सक्नुपर्छ भने आउँदो २०७९ असार मसान्तमा १३ र २०८० असार मसान्तसम्म १५ प्रतिशत पुर्याउनु पर्नेछ ।
२०७८ पुससम्म बैंकहरुले १२.९६ प्रतिशत ऋण पुर्याइसकेका छन् । सरकारी स्वामित्व बाहेकका २४ बैंकले ११.८३ प्रतिशत पुर्याएका छन् । उर्जा क्षेत्रतर्फ गत असार मसान्तमा ६ प्रतिशत पुर्याइसक्नु पर्ने ब्यवस्था थियो ।
पुस मसान्तसम्म जम्मा ५.७६ प्रतिशत मात्र पुर्याएका छन् । आउँदो २०७९ असार मसान्तमा ७, २०८० असार मसान्तमा ९ र २०८१ असार मसान्तमा ८१ प्रतिशत पुर्याउनुपर्ने ब्यवस्था छ ।
बैंकहरुले घरेलु साना तथा मझौंलामा २०७८ असार मसान्तसम्म ११ प्रतिशत पुर्याइसक्नु पर्छ भने २०७९ असार मसान्तमा १२ प्रतिशत पुर्याउनुपर्ने ब्यवस्था छ । २०८० असामरा १४ र २०८१ असारमा १५ प्रतिशत पुर्याउनु पर्ने ब्यवस्था छ । पुस मसान्तसमम् ११. १५ प्रतिशत पुर्याएका छन् ।