२०८१ माघ २५ शुक्रबार

नेपाली सांगीतिक क्षेत्रमा सरिता कार्की चिरपरिचत नाम हो । उनी विशेषतः लोकदोहोरी गायिकाको रुपमा चर्चित छिन् । नेपाली लोकदोहोरी गीत÷संगीत क्षेत्रमा निकै प्रतिभाशाली कहलिएकी गायिका सरिता कार्की विगत १५ वर्षदेखि निरन्तररुपमा नेपाली लोक संगीतमा क्रियाशील छिन् । गोरखा जिल्लामा जन्मिएर गीत संगीतमा ख्याति कमाइरहेकी गायिका कार्कीले देशकै एक उत्कृष्ट लोकदोहोरी गायिकाको पहिचान बनाएकी छिन् । उनले गाएका २०० भन्दा बढी गीतहरु नेपाली दर्शक– श्रोताको मन–मुटुमा बस्न सफल छन् ।
सरिताको आवाजमा रेकर्ड भएका “कति रुनु छ र…, खोलिमा जलुका…, लाखौं तारा…, हरहर महादेव…, लाजैले मरिन्छ…, बद्मास…, जुनकिरी…, मायालु हजार…, गुराँस फुल्ने ठाउँतिर.., पञ्चेबाजा.., लाउँछ माया…, निष्ठुरे…, दिदीबैनी…, लर्कौली…, हजुर आउने कि नआउने दाइ…, माला गाँसेर…” आदि गीत सर्वाधिक सफल र चर्चित छन् । सरिताले हालैमात्र ‘नङमा पालिस…’ बोलको लोकदोहोरी गीत नेपाली सांगीतिक बजारमा ल्याएकी छिन्, जसमा बरिष्ठ लोकदोहोरी गायक बद्री पङ्गेनीले उनलाई स्वरमा साथ दिएका छन् । अहिले उक्त गीत चर्चाको शिखरमा रहेको छ ।
स्वरकी धनी लोकप्रिय गायिका सरिता कार्कीले संगीत क्षेत्रमा पु¥याएको योगदानकै कारण राष्ट्रिय तथा स्थानीयस्तरका थुप्रै अवार्ड र सम्मान समेत हात पारिसकेकी छिन् । जसमध्ये ‘कति रुनु छ र..’ बोलको गीतबाट प्रथम राष्ट्रिय पूजा लोकदोहोरी अवार्ड, ‘लाजैले मरिन्छ…’ बोलको गीतबाट छायाँछवि म्युजिक अवार्ड, ‘जुनकिरी…’ बोलको गीतबाट १७ औं टुबोर्ग इमेज अवार्ड र ‘लाउँछ माया…’, बोलको गीतबाट नेपाल संगीत उद्योग संघ म्युजिक अवार्ड आदि मुख्य हुन् । नेपाली लोकगीत क्षेत्रमा सरितालाई यत्रो सफलता त्यत्तिकै प्राप्त भएको भने होइन, यसको पछाडि उनको संघर्षमय यात्राका थुप्रै आरोह अवरोहहरू छन् ।
स्वदेश तथा विदेशका विभिन्न स्टेज प्रस्तुति अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरूमा व्यस्त रहने गरेकी गायिका कार्कीको आर्थिक आम्दानी पनि निकै लोभलाग्दो छ । सांगीतिक प्रस्तुतिकै शिलशिलामा गायिका सरिताले जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनी, पोर्चुगल, फिनल्याण्ड, अष्ट्रिया, नेदरल्याण्ड, दुबई, कतार, थाइल्याण्ड, भारतलगायत थुप्रै देशहरूको भ्रमण गरिसकेकी छिन् । गायिका कार्की नेपालको गीत÷संगीत क्षेत्रका विभिन्न प्रतिष्ठित संघ–संस्थाहरुमा पनि उच्च पदमा रहेर काम गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय