काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । फागुन ३ गते मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सो सञ्चालक समितिको बैठकले आगामी चैत २९ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि कट्टेललाई सीईओ नियुक्त गरेको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई चैत २९ गतेबाट लागू हुने गरी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कट्टेलले २०८२ चैतसम्म बैंकको सीईओको जिम्मेवारीमा कार्यभार सम्हाल्ने छन् । विर्तामोड झापामा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकको कार्यक्षेत्र पाँच जिल्लामा रहेको छ ।















