काठमाडौं । सुबिसु केबल नेटले सेवाग्राहीका लागि ‘सुपर रफ्तार’ अफर ल्याएको छ । अफरअन्तर्गत छ सय ५० एमबिपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सकिनेछ । इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पूर्णरूप दिन कम्पनीले यस्तो अफर ल्याएको जनाएको छ ।
छ सय ५० एमबिपिएसको इन्टरनेटको साथमा चारवटा क्लियर टिभी सब्सक्रिप्सनको वार्षिक सेवामात्र एक हजार सात सय ७० रुपैयाँ प्रतिमहिनामा प्राप्त हुन्छ । तर, शर्त तथा नियम लागू हुने पनि कम्पनीले जनाएको छ ।