काठमाडौं । नेष्डो समृद्धि लघुवित्तले फागुन ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गर्न लागेको हो ।
जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारण्को लागि आवेदन खुला गर्न लागेको हो ।
कम्पनीको आइपीओमा छिटोमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आइपीओमा नयुनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओ निष्कासनको लागि बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । कम्पनीले आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्युआर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायीत्व बहन गर्नसक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।