२०८१ चैत्र ५ मंगलवार

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछन् ।

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ ।

यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका १३५ शाखा, १८७ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय