मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तरगत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोहीक्रममा बैंकले नेपालगञ्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु सहयोग गरेको छ ।
बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रमबीच जडानको शुभारम्भ गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग, मार्केटिंङ प्रमुख बशन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के.सी. र अन्य कर्मचारी तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।