काठमाडौ । सनराइज बैंकले झापाको कमल गाउपालिका वडा नं.–७, बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिग सेवा संख्या ८६ पुगेको छ ।
बैंकले उक्त शाखारहित बैंकिग सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलार्ई नियुक्त गरेको छ । कमल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पृथ्वीपती राई तथा अन्य अतिथिको उपस्थिती रहेको कार्यक्रममा १ नं. प्रदेश प्रमुख बिबेक निरौलाको सभापतित्वमा संचालित उक्त कार्यक्रमको संचालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सीनाले गरेका थिए ।
कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकिग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सक्ने छन । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिग पहुँच बढाउने उद्देश्यका साथ बैंकिग सेवा सुरु गरेको बैंकले जनाएको हो ।
हाल बैंकले १ सय ३९ वटा शाखा, ८६ वटा शाखारहित बैंकिग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ५९ एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको पनि बैकले जनाएको छ ।