
काठमाडौं । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ। नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एकपटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीले जनाएको छ ।
रेलको कन्डिसन बुझ्नको लागि १ गतेदेखि नियमित दैनिक एक पटक रेल गुडाउन लागेका कम्पनीले जनाएको छ । रेलको कन्डिसन बुझ्न र बाटो क्लियर गराउनका लागि दिनमा एक पटक रेल गुडाउन लागिएको कम्पनीले जनाएको छ ।
रेल सञ्चालनमा आएपनि यात्रुलाई चढाउने योजना भने छैन । रेल्वे ट्रयाक धेरै ठाउँमा अतिक्रमणमा परेको कम्पनीले जनाएको छ । त्यसलाई हटाउनको लागि प्रशासनसँग समन्वय गर्ने कम्पनीले जनाएको छ । २०७७ असोज २ मा नेपाल ल्याइएको रेल इनर्वा स्टेशनमा राखिएको छ । यो रेललाई यसअघि २४ पुसमा पनि गुडाइएको थियो ।
फागुनको सुरुवाती दुई साता दिनमा एक पटक सञ्चालन गरेपछि रेल्वे सेवाको उद्घाटन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । रेलको उत्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कम्पनीले जनाएको छ ।