२०८१ मंसिर २१ शुक्रबार

– अमृता कडेल खकुरेल, वरिष्ठ ब्युटीसियन तथा मेकअप आर्टिस्ट एवं प्रशिक्षक

जव सौन्दर्य कलाको प्रसंग उठ्छ तव अमृता कडेल खकुरेलको नाम स्वतः उच्चारण हुन्छ । कारण उहाँ यस विधा–क्षेत्रको एउटा सशक्त हस्ताक्षर मानिनुहुन्छ । औपचारिक रुपमा करिव १४ वर्ष अघिदेखि सौन्दर्य कलाप्रति नै लिन भएर लाग्नुभएकी अमृताले अहिले वरिष्ठ ब्युटीसियन तथा मेकअप आर्टिस्ट एवं कुशल प्रशिक्षकको परिचय बनाइसक्नु भएको छ । प्रस्तुत छ– सौन्दर्यकला अनि कलाकर्मीको विगत, वर्तमान र भविष्यलगायत विषयमा केन्द्रित रही उहाँसँग गरिएको भलाकुसारी :

तपाइ“ले किन सौन्दर्यकलाको क्षेत्र नै रोज्नुभयो ?
पहिलो त यो मेरो सानैदेखिको रुचिको विधा–क्षेत्र हो । दोस्रो, सौन्दर्य कलामा नै मैले आफ्नो भविश्य सुनौलो देखें । हुन पनि त्यस्तै भयो । अहिले अन्यको तुलनामा सौन्दर्य कलाको क्षेत्रमा नै नाम र दाम छ । फेरि सानैदेखि आफ्ना समकक्षीहरूको भन्दा मेरो सोच र सोख पृथक् रह्यो । म पहिलेबाटै लवाइखवाइ र सौन्दर्यमा विशेष ध्यान दिन्थें । आकर्षक बन्न रुचाउथेँ । घर बस्दा होस् या स्कुल जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस्– आफू अरुको तुलनामा फरक देखिन चाहन्थेँ । त्यसैले शरीरसुहाउँदो कपडा लगाउनेमात्रै होइन– त्यहीअनुसार मिल्दो श्रृंगार पनि गर्दथेँ । त्यतिबेलै मैले भविष्यको गन्तव्य पहिल्याउन थालेको हुँ । अन्ततः मेरो सपना साकार पनि भयो ।

पछिल्लो समयमा सौन्दर्य कलाको माग किन बढेको होला ? तपाइ“लाई के लाग्छ ?
यो सामान्य विधि नै हो । मानिसको पहिलो नजर कहाँ पर्ला ? उत्तर स्वाभाविक छ– अनुहारमा । अनुहार अनि शरीरमा देखिएको उसको सौन्दर्यले अरुलाई आकर्षण या विकर्षण के गर्छ भन्नेमा भर पर्छ । यस अर्थमा मानव जीवनमा सौन्दर्यले ठूलो भूमिका खेलेको हुन्छ । हुन त आफूसुहाउँदो पहिरनमा चिटिक्क पर्ने, सुन्दर÷सुन्दरी देखिने चाहना हर मानिसको हुन्छ । अझयस मामलामा पुरुषभन्दा महिला अग्रपंक्तिमा छन् । तर,सबैले चाहेर यस्तो रहर पूरा हुँदैन । कतिको शारीरिक बनावटले साथ दिँदैन त कतिको पहिरनले । यद्यपि यी दुवै भएर पनि सौन्दर्यमा विशेष ध्यान दिइएन भने त्योचाहिँ अपूर्ण नै हुन्छ । र त पछिल्ला दिनमा सौन्दर्य अपरिहार्यजस्तै बनेको छ– बालकदेखि बृद्ध–बृद्धासम्म । परिणाम त सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।
तपाईं कहिलेबाट सौन्दर्यकलाको क्षेत्रमा प्रवेश गर्नुभयो ?

सौदर्यकलाकै क्षेत्रमा औपचारिकरुपमा एकाग्र भएर लागेकोचाहिँ २०६३ सालबाट हो ।
कसरी लाग्नुभयो ?
२०६३ सालमा मैले काठमाडौं कालोपुलमा रहेको जुगल इङ्लिस बोर्डिङ स्कुलबाट एसएलसी पास गरें । त्यतिबेलै मैले आमालाई भनें– ‘म ब्युटि पार्लरसम्वन्धी प्रशिक्षण लिन्छु ।’ मैले त्यसो भन्दा आमाले बुबासँग सल्लाह गर्नुभएछ । अनि मलाई हुन्छ भन्नुभयो । जब उच्च शिक्षाका लागि म चाबहिलको ब्रिलियन्ट कलेज भर्ना भएँ, यससँगै सौन्दर्यकलाको क्षेत्रप्रति पूरापूर समर्पित भएँ । सुरुमा मैले आईटीसी ट्रेनिङ इष्टिच्युटबाट बेसिक, डिप्लोमा÷एड्भान्स र स्पेशल गरी एकवर्षे ब्युटीसियन तथा मेकअप आटर््सम्बन्धी प्रशिक्षण लिएँ । यसलगत्तै कालोपुलमा आफैं ‘अमृता ब्युटी पार्लर’ खोलें । यस्तैमा केही समयपछि मेरो स्नातक तहसम्मको अध्ययन पनि पूरा भयो ।
कमाई कत्तिको हुन्थ्यो त्यहा“ ?
राम्रो हुन्थ्यो । म बिहान कलेज जान्थें । कलेजबाट फर्किदा सेवाग्रहीको घुइँचोजस्तै हुन्थ्यो । कलेजका छात्रा, म्यामहरू, कर्मचारी, स्थानीय, परिचित÷अपरिचित केटी, युवती, महिला सबै आउनुहुन्थ्यो । अझै चाडपर्वका बेला त भ्याइनभ्याई हुन्थ्यो ।पछि त्यतिबेलासम्मको सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक अनुभव सँगालेर २०६८ सालबाट सेवा विस्तार गरें । त्यसैलाई ‘अमृता ब्युटी पार्लर’ बाट ‘अमृता ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ बनाएँ ।
यस पेशाको भविष्य कस्तो देख्नुभएको छ ?
अहिले तत्काल त कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी, निषेधाज्ञा आदिले गर्दा केही असर प¥यो, परिरहेको छ । बिस्तार यो निवारण होला । अन्ततः भविश्य सुनौलो छ । किनभने यो सवै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ । त्यसैले प्रशिक्षण लिन आउनेको संख्या पनि बढ्छ नै । फेरि मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैैन । त्यसैले आजभोलि मेकअप आर्टिस्टको माग क्रमशः बढ्दो छ । पहिलेजस्तो होइन, अहिले नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । विभिन्न संस्थामार्फत बाहिर प्रशिक्षण दिन जाँदा मनग्गे आम्दानी हुन्छ । कतिपय बेला त्यस्तै दुई÷अढाइ घण्टा मेकअप गरेबापत १५ देखि २० हजार रुपैयाँसम्म कमाइ हुन्छ । केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्यजस्तै बनेको छ । र त सौन्दर्य पेशासमेत व्यावसायिक रूपमा नै दु्रत गतिमा फस्टाउन थालेको छ । अभिभावक वा श्रीमान्को कमाइबाट घर खर्च चलाउने, व्यक्तिगतदेखि भैपरी आउने कामको लागि श्रीमान्कै मुख ताक्ने महिलाहरू यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसीमात्रै बनेका छैनन्– समाजसेवातर्फ पनि पाइला अघि बढाइरहेका छन् । अझ कतिपय त राम्रो कमाइपछि राजधानीमा नै घर बनाउन सफल भएका छन् र यो पेशाप्रति आकर्षण बढ्दो छ ।
प्रस्तुति : अस्मिता क्षेत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय