२०८२ फाल्गुन ३ आईतवार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। निर्माण सुरु भएको ७ वर्षमा विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो बुद्धजयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ।

त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कर्णले जानकारी दिए। बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने लक्ष्य राखिएको र सोही बमोजिम अहिले द्रुत गतिमा काम भइरहेको कर्णले जानकारी दिए ।

विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ । एरोथाइले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड चेकजाँच र परीक्षण उडानको काम गर्दैछ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट ४ जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ।

अहिले ग्राउण्ड टेष्टको काम सुरु भएको छ। परीक्षण उडान सकिएको दुईसाता रिर्पोट आउन सयम लाग्छ । जेठ २ गते बुद्ध जयन्तीका दिनबाट नियमति उडान गर्नेगरी काम भइरहेका न्यौपानेले बताए। परीक्षण उडानको तयारीको लागि अहिले भैरहवामा थाइल्याण्डकोसहित अष्ट्रियन प्राविधक टोलीले पनि काम गरिरहेका छन् ।

२०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। ३ वर्षमा सम्पन्न हुने भनिए पनि पटक पटक म्याद थप भएर सात वर्ष लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय