काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले कर्जा प्रवाह गर्दा लिने र निक्षेप संकलन गर्दा दिने ब्याजबीचको अन्तर (स्प्रेड दर) गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४.०६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत स्प्रेड दर चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १.०६ विन्दुले घटेर ३ प्रतिशतमा आइपुगेको छ। यो गत आवको समान अवधिको भन्दा २६.१० प्रतिशतले न्यून हो।
चर्किंदो तरलता अभावका कारण निक्षेप तान्नमा बैंकहरुबीच भएको प्रतिस्पर्धाले गर्दा पछिल्लो समय वाणिज्य बैंकहरुको स्प्रेड दर निरन्तर घट्ने क्रममा रहेको छ।
वाणिज्य बैंकहरुको औसत स्प्रेड दर गत आर्थिक वर्षको अन्त्यसम्म ४.०६ प्रतिशत थियो। यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२४ प्रतिशतमा झर्दै दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ प्रतिशतमा आइपुगेको हो। यो वर्ष पहिलो त्रैमासको तुलनामा दोस्रोमा ११ वाणिज्य बैंकको स्प्रेड दर बढ्दा यस वर्गका अन्य १७ बैंकको भने घटेको छ।