२०८१ पुष २९ सोमबार

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी हुन् ।

यसअघि ज्योति विकास बैंकको अध्यक्ष हरिप्रसादले अध्यक्ष तथा सञ्चालक समिति सदस्य दुवै पदबाट राजीनामा दिएका थिए । उनी संस्थापक शेयरधनी समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले माघ १० गते दिएको राजीनामा कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको नेप्सेमार्फत जानकारी दिएको छ । अध्यक्ष पद रिक्त भएपछि हरिचन्द्र खड्कालाई सोहि बैठकमार्फत सर्वसम्मत रुपमा चयन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर