२०८२ पुष २ बुधबार

नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइ.एस.ओ. ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुनआइ.एस.ओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइ.एस.ओ ९००१ः२०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो ।

एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीमलगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरेवापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो । स्मरणीय छ, हिमालय एअरलाइन्स्ले यसपूर्व अर्थात् अगस्त २०२०मै हवाईजहाज मर्मत–सम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ्ग सेवावापत आइ.एस.ओबाट प्रमाणिकरण हुने सौभाग्य प्राप्त गरिसकेको थियो ।

आइ.एस.ओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठनद्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानकहो, जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

आइ.एस.ओ ९००१ः२०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिसद्वारा हिमालय एअरलाइन्स्लाई प्रदान गरिएको थियो । व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परिक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली बैधानिक एवम् नियामकता सम्बन्धी महत्वपूर्ण सबै मापदण्डअनुरुप भएका प्रमाणित गर्दै एअरलाइन्स्ले यो प्रमाणिकरण प्राप्त गरेको हो ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्गले हिमालयका लागि आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताउनुभयो । आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागिपर्ने प्रतिवद्धत्ता समेत उहाँले दोहो¥याउनुभयो ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धी भएको बताउनुभयो । कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइ.एस.ओ. प्रमाणपत्र प्राप्त गर्न सफल रहेको उहाँले बताउनुभयो । यसले हिमालयको उच्चस्तरको कार्य क्षमता तथा कार्य प्रणालीको प्रदर्शन गर्दै स्तरिय व्यवस्थापनप्रतिको आफ्नो निरन्तर प्रतिबद्धत्तालाई पुष्टि गरेको समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर