
काठमाडौं । माइ पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत नेपालभित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजारसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
वालेटले यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याकभन्दा धेरै रहेको दाबी गरेको छ । हाल यस माइ पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजारभन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।
साथमा हरेक दिन माइ पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनाले अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि रहेको माइ पे ले जनाएको छ । उक्त क्यासब्याक प्राप्त गर्न ग्राहकले माइ पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् ।