२०८१ पुष २९ सोमबार

काठमाडौ । नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ । पाण्डे फेलो चार्टड एकाउन्टेन्ड हुनुको साथै उनले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन ।

हाल बैंकले १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ एटिएमबाट बैंकिग सुविधा दिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर