२०८२ पुष २ बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ को संक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाको स्थलगत निरीक्षण र राष्ट्र बैंकको आन्तरिक लेखा परीक्षण कार्य स्थगित गरेको छ। राष्ट्र बैंकले कोभिड-१९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने सम्बन्धमा निर्णय गर्दै अर्को सूचना नभएसम्म निरीक्षण स्थगित गर्ने निर्णय गरेको हो।

राष्ट्र बैकले आफ्ना विभिन्न विभाग, कार्यालय, महाशाखा, इकाईमा गराइरहेको इन्टर्नसिपको कार्य हाललाई स्थगित गर्ने र नयाँ इन्टर्न समेत नियुक्त नगर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकबाट हुने कार्य न्यूनतम कर्मचारीहरुबाट सञ्चालन हुने गरी व्यवस्थापन गर्ने, बाँकी कर्मचारीहरुलाई घरबाटै कार्य गर्ने गरी वर्क फ्रम होममार्फत् कार्यसम्पादन गराउने जिम्मेवारी सम्बन्धित विभाग इकाइ प्रमुखलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ।।

हाल सञ्चालनमा रहेका बाहेक भौतिकरुपमा उपस्थित भई गरिने कार्यक्रमहरु जस्तैः तालिम, गोष्ठी, सेमिनार, अन्तरक्रिया, अध्ययन, अनुसन्धान आदि स्थगित गर्ने र गर्नै पर्ने कार्यक्रमहरु भर्चुअल माध्यमबाट मात्र गर्ने निर्णय गरिएको छ। अत्यावश्यक बाहेक कुनै पनि कर्मचारीलाई काजमा नखटाउने निर्णयसमेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर