२०८१ चैत्र ४ सोमबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणदर केही दिनयता उच्च गतिमा बढेसँगै नेपाली अर्थतन्त्रमाथि संकटको कालो बादल मडारिन थालेको छ । पहिलो र दोस्रो लकडाउनबाट केही बौरिँदै गरेको अर्थतन्त्रले पुनः लकडाउन थेग्न नसक्ने भन्दै उद्योगी, व्यवसायी र विज्ञ चिन्तित छन् ।

देशको अर्थतन्त्र जोगाउन मात्र होइन जनताको जीवन रक्षाका लागि पनि स्वास्थ्यका मापदण्ड पालना र खोप अभियानलाई तीब्र पारेर लकडाउन नगर्ने तर्फ सोच्न विज्ञको सुझाव छ ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले यसअघि गरेको लकडाउनबाट पर्यटन, पूर्वाधार निर्माण, रेमिट्यान्स, व्यापार लगायतका क्षेत्रमा गम्भीर असर परेको थियो ।

लकडाउन हटेसँगै विस्तारै चलायमान हुँदै गरेका यी क्षेत्र पछिल्लो समय संक्रमणदर उच्च गतिमा बढ्न थालेसँगै पुनः प्रताडित हुने देखिएको छ । सरकारले काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन शुरु गरिसकेको छ । अहिले मुलुकको अर्थतन्त्रले लकडाउनको सामना गर्न नसक्ने भन्दै व्यवसायीहरुले त्यतातिर अग्रसर हुन नहुने सुझाव सरकारलाई दिएका छन् ।

उसै त पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । उच्च आयातले शोधनान्तरण स्थिती घाटामा छ भने विदेशी विनिमय सञ्चिती पनि निकै कम छ ।

अर्को तर्फ तरलता अभावले बैंकहरुले कर्जा प्रवाहसमेत रोकेका छन् । उद्योगीहरुसँग पनि बचत नरहेकाले पुनः लकडाउन गरेर अर्थतन्त्र ठप्प पारे भएका व्यवसाय पनि बन्द गर्नुपर्ने अवस्था आउने चिन्ता छ ।

संक्रमण बढ्दै जाँदा अर्थतन्त्र विस्तारका अवयव थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुराँ, उद्योग क्षेत्रमा असर दखिन थालिसकेको छ । त्यसले मुलुकको आर्थिक गतिविधिमा ब्रेक लाग्ने हुँदा बजेट र मौद्रिक नीतिले लिएका लक्ष्यहरु समेत प्रभावित हुने आँकलन छ ।

पहिलो लकडाउनबाट नेपाली अर्थतन्त्रमा १ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको राष्ट्र बैंकको निष्कर्ष छ । यसअघि गरिएको लकडाउनका कारण कैयौं साना तथा मझौला व्यवसायी व्यवसायमा फर्किन सकेका छैनन् भने कति व्यवसायी व्यवसायबाट पलायन भए भन्ने ठोस तथ्यांक आउन सकेको छैन ।

दैनिक बढ्दै कोरोना सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो ।

जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९।२ प्रतिशतले बढेको बताउनुभयो । ओमिक्रोन भेरियन्टले सङ्क्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।

सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बढाउने गर्दथ्यो । उहाँका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८७७ जनाको पिसिआर परीक्षणमा दुई हजार ३० जनामा सङ्क्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७५५ जनाको पिसिआर गरिएकोमा आठ हजार ३७३ जनामा सङ्क्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् ।

यसहप्ताको सङ्क्रमण दर १३।३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६।७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता सङ्क्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी सङ्क्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गार्‍हो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।

खोपमा पनि वृद्धि

खोप लगाउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता दुई प्रतिशतले खोप लगाउने सङ्ख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा चार प्रतिशतले वृद्धि भएको छ ।लक्षितमध्ये अहिलेसम्म ७६।९ प्रतिशतले पहिलो मात्रा र ५७। ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई दु्रत बनाएका छन् ।

सङ्क्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्र्नुपर्ने देखिन्छ । मन्त्रालयले कोही पनि सङ्क्रमण भएको वा कन्ट्रयाक्ट टे«सिङमा परेका कम्तीमा पाँच दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय