२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बानेश्वरको संगम चोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ ।

समाज केन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामाग्रीहरु समाजकेन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उत्त समाजकेन्द्रमा रहेका बालबालिकाहरुको शारिरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय