२०८१ मंसिर २३ आईतवार

काठमाडौं । आइएमई फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातकोत्तर तहमा अध्ययन गर्न दुई जनालाई छात्रवृति दिने भएकाे छ ।

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएकाे हाे ।

माघ २८ गतेसम्म यसकाे लागि इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) फाउन्डेसनलाई पठाउनु पर्नेछ ।

फाउन्डेसनकाे अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तह उतीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ ।

यसका अतिरिक्त कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहने फाउन्डेसनले जनाएकाे छ । पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फाउन्डेसनले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय