२०८१ पुष २९ सोमबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री नेपाल बीमक संघको अध्यक्ष चयन भएका छन्। संघको शुक्रबार भएको साधारणसभाले क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

क्षेत्री यस अघि कार्यसमितिका महासचिव थिए। त्यस्तै सिद्धार्थ इन्स्योरेन्सका सीइओ वीरेन्द्रबहादुर बैदवार उपाध्यक्ष र नेको इन्स्योरेन्सका सीइओ अशोक खड्का महासचिवमा चयन भएका छन्।

महासचिव पदका लागि खड्कासहित ४ जनाले दाबी गरेका थिए। कोषाध्यक्षमा आइएमइ जनरल इन्स्योरेन्सका सीइओ योगेशभक्त बादे श्रेष्ठ चयन भएका छन्। क्षेत्रीअघि दीपप्रकाश पाण्डेले दुई कार्यकाल नेतृत्व गरेका थिए। उक्त कार्य समितिको पदावधि सकिएपछि नयाँ नेतृत्व चयन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर