२०८१ मंसिर २४ सोमबार

काठमाडौं । अंग्रेजी नयाँ वर्षसँगै उकालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन पनि बिहीबार दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक ४३.२९ अंकले वृद्धि भएर २६९२.४७ को अंकमा कायम भएको छ।

विभिन्न नीतिगत ब्यवस्थाले प्रभाव पारिरहेने नेप्से परिसूचक, यसअघि राष्ट्र बैंकले शेयर कर्जा माथि लगाइदिएको लगामपछि निरन्तर ऒरलो लागेको थियो। केहि समयपछि बजारमा तरलता अभाव र व्याजदर वृद्दिको भार पनि परेको थियो। कारणस्वरूप बाजरले २२६० को न्यूनतम विन्दुको परिक्षण समेत गरेको थियो।

तर, अहिले सम्बन्धित निकायहरुले चालेको नीतिगत सुधार र तरलता व्यवस्थापनको कदमले बजारमा लाभदायक प्रभाव परेको देखिन्छ। अंग्रेजी नयाँ वर्ष अघिदेखि बजारमा सकारात्मक माहोलको सृजाना भएको छ। बजारको वृद्धिलाई कारोबार रकमको साथ पनि मिलेको छ। कारोबार रकम औसतमा ४ अर्ब माथि नै रहेको छ।

बिहीबार सुरुवातमा घटेको बजारले पछि भने बढ्ने लय समात्न सफल भयो। आज बजारमा १.६३ प्रतिशतको वृद्धि देखिएको छ। दिनभरीमा २ सय ३८ कम्पनीका कुल ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा किनबेच भए। कारोबार सङ्ख्या ४८ हजार १६१ रहेको नेप्सेले जनाएको छ।

लगातार ४ कारोबारी दिन उच्च अंकका साथ बढेको बजारमा बुधबारका दिन भने लगानीकर्ताहरुले नाफा बुक गर्दा दोहोरो अङ्को गिरावटक देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय