२०८१ पुष २९ सोमबार

काठमाडौं । आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सम्झौता भएको छ । दुबै संस्थाहरु मोको डिजिटल वालेटलाई आईएमएसले निर्माण गरेको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमत भएका हुन ।

प्रयोगकर्ताहरुले आईएमएस सफ्टवेयरबाट उत्पन्न गरिने डाइनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । आईएमएस सफ्टवेयरले ७ वटा डिजिटल भुक्तानी प्लाटफर्म सफलतापूर्वक एकीकृत गरिसकेको बताएको छ ।

सम्झौतामा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका हुन । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल रहेको छ ।

फोकस वान भने डिजिटल वालेट मोको संचालन गर्ने भुक्तानी सेवा प्रदायक हो । जसले अलि पे, नेपाल क्लियरिङ हाउस लिमिटेड, युनियन पे इन्टरनेशनल र भिसा जस्ता भुक्तानी सेवा प्रदायकहरूको लागि एग्रीगेटरको रूपमा क्यूआर कोडमा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

आईएमएस सफ्टवेयर र मोको डिजिटल वालेटबीचको सहकार्यले कार्डलेस कारोबारलाई प्रर्बदन गर्दै डिजिटल नेपाल निर्माणमा एक कदम थपिएको प्रतिक्रिया आईएमएस सफ्टवेयरले दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर