२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालबाट भारततर्फको निर्यात व्यापार १३८ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको तुलनामा नेपालबाट भारतमा निर्यात उक्त प्रतिशतले वृद्धि भई ८४.१५ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा भारततर्फको हिस्सा ७०.६५ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सो हिस्सा बढेर ८१.७७ प्रतिशत पुगेको छ ।

नेपालको निर्यातमा ५८.६ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरूको निर्यात भारतमा नै भई रहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, चीन, नेदरल्याण्ड्स, डेनमार्क र बंगलादेश रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय