२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा १० हडियामा ८३ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

त्यसैगरी बैंकले सुनसरीको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोकका ८१ औं शाखारहित र कैलालीको सुदुरपश्चिम प्रदेश, भजनी नगरपालिका वडा नं. ४ खैलाडमा ८२ औं शाखारहित बैंकिग सेवा शुभारम्भ गरेको थियो । उक्त शाखारहित बैंकिग सेवा संचालनमा आए संगै बैंकको शाखारहित बैंकिग संख्या ८३ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी जुटमिल चोकका अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बंैकिग बाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

बैंकको हाल १ सय ३९ शाखा, १२ एक्सटेन्सन काउण्टर, १ सय ६१ एटिएम र ८३ वटा शाखा रहित बैंकिग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय