मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
पुस महिनामा बैंकले कोटीहवास्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्यो । सो कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी बैंकले सुन्वाल – ११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्दश्य बैंकले लिएको छ ।